Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कञ्चनपुरबाट अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुईजना पक्राउ

    कञ्चनपुरबाट अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २ असार २०८०
  • 756
    SHARES

    संकेतिक तस्विर

    धनगढी । अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् ।

    अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक शान्तिरजन बैरागीर र वडानम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक गोकुल मण्डल रहेका छन् ।



    उनीहरुले अनुमति नलिएर मेडिकल पसल सञ्चालन गरेर औषधी बिक्री वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार