Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • तिनाउमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

    तिनाउमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २ असार २०८०
  • 867
    SHARES

    फाइल तस्विर

    पाल्पा । तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।

    गुल्मीको सत्यवती गाउँपालिका–७ घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ ड्राईभरटोल बस्ने १८ वर्षीय अभिषेक परियारको डुबेर मृत्यु भएको हो ।



    शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ड्याम क्षेत्रमा साथीहरूसँग पौडी खेल्ने क्रममा ती किशोर अचानक डुबेका थिए ।



    परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार