Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाल्पामा १९ वर्षीया युवतीको हँसिया प्रहार गरी हत्या गर्ने देवलाल पक्राउ

    पाल्पामा १९ वर्षीया युवतीको हँसिया प्रहार गरी हत्या गर्ने देवलाल पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 378
    SHARES

    पाल्पा । पाल्पामा युवतीको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।

    रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहा बस्ने १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको हो।



    चैत १३ गते रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी सुनारको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाले लप्सीखोला बस्ने १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।



    मंगलबार बिहान ९ बजे पद्मा लप्सीखोलामा कपडा धुन र नुहाउन भनेर हिँडेकी थिइन्। लप्सीखोला उनको घरबाट दुई किलोमिटर टाढा पर्छ।

     

    गाउँकै लप्सीखोलामा कपडा धुन र नुहाउन एक्लै गएकी पदमासँग खोलामै विवाद भएको र फर्की आउने क्रममा देवलालले पछाडिबाट हँसियाले प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सागरले हत्या गर्दा प्रयोग गरेको धारिलो घरेलु हतियार हंँसिया, हत्याका बखत लगाएको कपडा, चम्पल, खादालगायत सामग्री बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार