Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अवैध काठसहित पाल्पाबाट तीन जना पक्राउ

    अवैध काठसहित पाल्पाबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 627
    SHARES

    पाल्पा । प्रहरीले पाल्पाको बाहुनडाँडाबाट अवैध काठ बरामद गरेको छ ।

    रामपुर नगरपालिका–७, मल्याङस्थित बाहुनडाँडाबाट किसानबारीतर्फ लैजाँदै गरेको ६० दशमलव ६ क्यूफिट काठ बोकेको लु ३ त ५६१३ नम्वरको ट्याक्टरसमेत प्रहरीले पक्राउ गरेको हो।



    बरामद अवैध सालको काठ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले ट्याक्टर र सालको काठ नियन्त्रणमा लिएको हो ।



    ट्याक्टरसहित चालक रामपुर नगरपालिका–७ का २८ वर्षीय हेमन्तबहादुर हिस्की, काठ धनी सोही ठाउँका २२ वर्षीय बुद्धिबहादुर श्रेष्ठ र काठ लोड गर्न सहयोग गर्ने सोही ठाउँका ५७ वर्षीय रामप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    बरामद काठ, ट्याक्टर, पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि सब–डिभिजन कार्यालय रामपुरमा पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार