Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाल्पामा फलामे पुल भाँचिँदा २ कामदार घाइते

    पाल्पामा फलामे पुल भाँचिँदा २ कामदार घाइते

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 627
    SHARES

    पाल्पा । पाल्पाको झुम्साखोलामा खानेपानी पाइपका लागि निर्माण गरेको फलामे पुल भाँचिदा दुई जना कामदार घाइते भएका छन्।

    घाइते हुनेमा तिनाउ गाउँपालिका–४, कोलडाँडाका ३९ वर्षीय रनबहादुर गाहा र रौतहटको चन्द्रनिगाहपुर बस्ने २२ वर्षको लक्षु माझी रहेका छन् ।



    फलामबाट बनेको पुलको तल्लो भागमा राखेको टेका हटाउन नटबोल्ट खोल्दै गर्दा पुल भाँचिएको थियो ।



    गाहाको दुबै खुट्टा भाँचिएको र माझीको खुट्टामा चोट पटक लागेकाले उपचारका लागि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार