Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पूर्वी नेपालमा बाढी पहिरो : चार जनाको मृत्यु, २८ अझै बेपत्ता

    पूर्वी नेपालमा बाढी पहिरो : चार जनाको मृत्यु, २८ अझै बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1K
    SHARES

    विराटनगर । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा चार जनाको मृत्यु भएको २८ जना बेपत्ता भएका छन् ।

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ताप्लेजुङमा दुई जना र बाढीले बगाएर संखुवासभा र भोजपुरमा दुई जनाको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा सिदिङ्वा गाउँपालिका ६ का ३० वर्षीय गणेश तामाङ, संखुवासभाको पाँचखपन गाउँपालिका–९ का २६ वर्षीय सन्तोष राई, भोजपुरको ट्याङकीमैयुं–८ का २५ वर्षीय मन्दिप राई छन् । पाँचथरको खालेलुङ–४ का ८ वर्षीय जुना साउदेनको भने खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।



    बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना बेपत्ता भएका हुन् । बेपत्ता मध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार