Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालको हवाई सुरक्षामा फ्रान्सले ४ वर्ष प्राविधिक सहयोग गर्ने सम्झौता

    नेपालको हवाई सुरक्षामा फ्रान्सले ४ वर्ष प्राविधिक सहयोग गर्ने सम्झौता

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 708
    SHARES

    काठमाडौं । नेपालको हवाई सुरक्षामा फ्रान्सले चार वर्ष सघाउने भएको छ ।

    फ्रान्सको नागरिक उड्डयन महानिर्देशनालयले नेपालको नागरिक उड्डयन प्राधिकरणमातहत रहेको फ्लाई सेफ्टी स्ट्यान्डर्ड विभागमा आबद्ध उड्डयनसँग सम्बन्धित जनशक्तिलाई क्षमता अभिवृद्धिमा सघाउने भएको हो ।



    सोमबार फ्रान्सको राजधानी पेरिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारी र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डेमियन क्याजीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता चार वर्षसम्म रहने बताइएको छ ।



    फ्रान्सले अबको ४ वर्ष नेपालमा आएर नेपालका उडान सुरक्षा निरीक्षणमा संलग्न हुने सेफ्टी इन्स्पेक्टर, एयर नेभिगेसन सर्भिस, एरोड्रम इन्जिनियर, फ्लाइट अपरेसन इन्स्पेक्टर, एयरवोर्दिनेस इन्स्पेक्टरहरूलाई आधुनिकस्तरको तालिम प्रदान गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार