Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथले दिइन् राजीनामा

    फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथले दिइन् राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 468
    SHARES

    एजेन्सी । फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको हो ।

    फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा उनले राजिनामा दिएकी हुन् ।



    प्रधानमन्त्री बोर्नको राजीनामा अन्य उपायहरू लगायत केही विदेशी नागरिकहरूलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानुन राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको थियो ।



    म्याक्रोन राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि मे २०२२ मा बोर्नलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार