Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • आक्रमणको ‘धम्की’सहितको इमेल प्राप्त भएपछि खाली गरिए फ्रान्सका ६ विमानस्थल

    आक्रमणको ‘धम्की’सहितको इमेल प्राप्त भएपछि खाली गरिए फ्रान्सका ६ विमानस्थल

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । फ्रान्सका ६ वटा विमानस्थल बुधबार खाली गरिएका छन् । आक्रमणको ‘धम्की’सहितको इमेल प्राप्त भएपछि ६ वटा विमानस्थल खाली गरिएको हो ।

    उत्तरी फ्रान्सको लिले एयरपोर्टले बमको खतराको कारणले सुरक्षाको कदम चाल्दै विमानस्थल खाली गरिएको जनाएको छ ।



    यस्तै दक्षिणी सहर टुलुसको एयरपोर्टले पनि बमको धम्कीका कारण खाली गरिएको र केही समय उडान रोकिएको बताएको छ । सुरक्षाकै कारण पेरिसबाहिर नान्टेस र ब्यूवेस सहरका विमानस्थल पनि खाली गरिएको बताइएको छ ।



    यस्तै, पूर्वी फ्रान्सको लियोन ब्रोन एयरपोर्ट र दक्षिणी सहर नाइसको एयरपोर्ट पनि खाली गराइएको र पछि फेरि सञ्चालनमा आइसकेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार