Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पेरिसको एक अपार्टमेन्टमा विस्फोटपछि आगलागी, तीन जनाको मृत्यु

    पेरिसको एक अपार्टमेन्टमा विस्फोटपछि आगलागी, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 270
    SHARES

    एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा एक अपार्टमेन्टमा विस्फोटपछि भएको आगलागीमा परेर तीन जनाको मृत्यु भएको छ ।

    पेरिसको एरोन्डिसमेन्टमा आइतबार साँझ यो विस्फोट भएको हो । तर, विस्फोटको कारण भने खुल्न सकेको छैन ।



    प्रारम्भिक जाँचका अनुसार रु डे क्यारोनको सातौँ तल्लामा आगलागी हुनुअघि विस्फोट भएको थियो ।



    यो मामिलाको छानबिन आगलागी वा क्षति र हत्याको कोणबाट पनि भइरहेको बताइएको छ । विस्फोटको कारण पत्ता लगाउन राजधानीको दोस्रो न्यायिक प्रहरी जिल्लाका अनुसन्धानकर्तालाई खटाइएको छ ।

    विस्फोटपछि नजिकैका भवनहरूमा बस्ने मानिसहरूलाई घरबाट बाहिर निकालिएको थियो । अहिले यस विषयमा अनुसन्धान भइरहेको छ ।

    फ्रान्सको राजधानीमा पछिल्लो केही वर्षमा तेस्रो पटक यस्तो खालको विस्फोट भएको हो ।

    यसअघि सन् २०१९ मा पनि रु डे ट्राभिसमा यस्तै विस्फोट भएको थियो जसमा चार जनाको मृत्यु भएको थियो ।

    गत वर्ष जुनमा पनि २७७ रु सेन्ट ज्याकमा विस्फोट भएको थियो जसमा तीन जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार