Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • धरानमा विमानस्थल निर्माणको सम्भव नरहेको प्राधिकरणको निष्कर्ष

    धरानमा विमानस्थल निर्माणको सम्भव नरहेको प्राधिकरणको निष्कर्ष

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 474
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नरहेको जनाएको छ ।

    सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययन समितिले सो निष्कर्ष निकालेको हो।



    धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणको निष्कर्ष रहेको छ ।



    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पटक-पटक धरानमा विमानस्थल बन्नुपर्ने माग राख्दै आएका थिए । उनले काठमाडौं आएर संस्कृति, नागरिक तथा उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर धरानमा विमानस्थल बनाउनुपर्ने बताएका थिए ।

    मेयर साम्पाङको आग्रहपछि मन्त्री किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिएका थिए ।

    त्यही अध्ययन समितिले दिएको सुझावका आधारमा प्राधिकरणले मंगलबार धरानमा विमानस्थल निर्माण सम्भव नभएको जनाएको हो ।

    नजिकै विराटनगरमा विमानस्थल रहेकाले पनि धरानमा विमानस्थल बनाउन प्राविधिक हिसाबले पनि कठिन हुने प्राधिकरणको भनाइ छ ।

    तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार