Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मन्थली विमानस्थलका प्रमुख थापा निलम्बित

    मन्थली विमानस्थलका प्रमुख थापा निलम्बित

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 879
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ।

    प्राधिकरणले विमानस्थल परिसरमा तारा एयरका दुई पाइलटबीच भएको विवादको छानबिन गर्नका लागि विमानस्थल प्रमुख अशोक थापालाई निलम्बन गरेको हो।



    यसअघि रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ ।



    प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो ।

    प्राधिकरणले राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको छ।

    मन्थली विमानस्थलमा शुक्रबार बिहान जहाज अवतरण गरेपछि दुई पाइलटबीच झगडा भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार