Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • विमानस्थलमै झगडा गर्ने पाइलटमाथि उडान प्रतिबन्ध

    विमानस्थलमै झगडा गर्ने पाइलटमाथि उडान प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 666
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई ग्राउण्डेड गरेको छ ।

    तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।



    शुक्रबार बिहान लुक्लाबाट रामेछापस्थित मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि कुटाकुट भएको थियो ।



    घटना सार्वजनिक भएसँगै विमान कम्पनीले उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार