Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • उडान नियम उल्लंघन गर्ने ‘एएस३५०’ हेलिकप्टरको उडानमा रोक

    उडान नियम उल्लंघन गर्ने ‘एएस३५०’ हेलिकप्टरको उडानमा रोक

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई कम्पनीका हेलिकप्टरको उडानमा रोक लगाएको छ ।

    लुक्ला क्षेत्रमा खराब मौसममा उडान गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाएको हो ।



    प्राधिकरणले ‘एएस३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाएको छ।



    कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको स्रोतले बतायो ।

    यी कम्पनीका अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक लगाइएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार