Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अटेरी पर्यटनमन्त्री किरातीले अझै राखेनन् बजेट पुस्तकमा कोशी प्रदेशको नाम

    अटेरी पर्यटनमन्त्री किरातीले अझै राखेनन् बजेट पुस्तकमा कोशी प्रदेशको नाम

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 723
    SHARES

    काठमाडौं । अनेक स्टन्टबाजी गरेर चर्चामा आइरहने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती बिवादमा फसेका छन् । पर्यटनमन्त्री किरातीले प्रदेशको नाम नलेखेर संविधानको उल्लङ्घन गरेको भन्दै नेकपा एमालेले संसद संसद बैठकमा बिरोध जनाएको हो ।

    पर्यटनमन्त्री किरातीले मन्त्रालयको बजेट विनियोजन पुस्तकमा प्रदेशहरूका नाम नलेखी ‘कोशी’ प्रदेशको नाम गायब पारेपछि एमाले सांसदहरु बिरोधमा उत्रिएका छन् । प्रदेश सभाले बहुमतले पारित गरेको कोशी प्रदेशको नाम बजेट पुस्तकमा नहुनु संविधान विरोधी काम भएको एमाले सांसदहरुले आरोप लगाए ।



    पर्यटन मन्त्रालयको विनियोजन पुस्तकमा प्रदेशका नाम अंकमा नभई प्रदेशसभाबाट पारित भएअनुसार राख्न भनी प्रतिनिधिसभाले असार ३ गते फिर्ता पठाएको थियो ।सभामुख देवराज घिमिरेले त्यसलाई सच्याएर ल्याउन रुलिङ गरेका थिए ।



    पर्यटनमन्त्री किरातीले विनियोजन विधेयकमाथिको छलफलको सिलसिलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट विनियोजनको सन्दर्भमा प्रदेशको नाम उल्लेख नभई अंकमा लेखिन गएको र त्यसलाई सुधारेर सदनसमक्ष र माननीयज्यूको हातमा फेरि दिने भनेका थिए ।

    तर, अटेरी पर्यटनमन्त्री किरातीले भने मन्त्रालयको विनियोजन पुस्तकबाट प्रदेशहरूका नाम नै हटाएर पुनः सांसदहरूलाई वितरण गरेका छन् ।

    मंगलबारको बैठकमा पर्यटन मन्त्रालयको विनियोजन पुस्तकबाट सबै प्रदेशका नाम हटाइएको भन्दै एमाले सांसद सूर्य थापाले आपत्ति जनाएपछि फेरी प्रतिनिधि सभाको बैठक रोकिएको छ ।

    पर्यटनमन्त्री किराती र सहरी विकास मन्त्री हिरा गुरुङका कारण प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत रुपमा भइरहेको छलफल प्रभावित बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार