Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • हुँदै नभएको वडाका नाममा बजेट परेपछि बाँस्कोटाको व्यंग्य – आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

    हुँदै नभएको वडाका नाममा बजेट परेपछि बाँस्कोटाको व्यंग्य – आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको बताएका छन् ।

    शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन् ।



    सांसद बाँस्कोटाले बजेटको समन्यायिक वितरण नभएको बताए ।



    आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको उदाहरण पेश गर्दै उनले भने, ‘म तपाईलाई सोध्छु, पनौती नगरपालिकामा १२ वटा वडा छन् । १३ नम्बर वडा कहाँ पर्छ ? १४ नम्बर वडा कहाँ पर्छ १५ नम्बर वडा कहाँ पर्छ ? प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?’

    कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर दिएअनुसार अर्थ मन्त्रालयले बजेट राख्दा यस्तो भएको बताए । नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै उनले असन्तुष्टि जनाए ।

    आफ्नो रिसकै कारण बजेट काटिएको भए कांग्रेस, माओवादी वा अरु हिँड्न अर्को बाटो बनाउँँछ भनेर बास्कोटाले प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार