Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पूर्वसहमति नलिएमा काठमाडौं महानगरले सांसदहरूलाई योजना कार्यान्वयन गर्न नदिने

    पूर्वसहमति नलिएमा काठमाडौं महानगरले सांसदहरूलाई योजना कार्यान्वयन गर्न नदिने

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 957
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूसँगको पूर्वसमन्वय र समन्वयबिना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममामार्फत आउने योजना कार्यान्वयन गर्न नदिने भएको छ ।

    बुधबार महानगरका प्रमुख बालेन शाहले आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यले निर्वाचन क्षेत्रको योजना छनोट गर्दा महानगरको सहमति लिनुपर्ने बताएका हुन् ।



    ‘संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्वसहमति वा समन्वयबिना छनोट भएको योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिने छ,’ बालेनले भने ।



    आगामी आर्थिक वर्षका लागि संघीय सरकार र बागमती प्रदेश सरकारले सांसदहरुलाई पनि बजेट छुट्याएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार