Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बजेटको गोपनीयता भंग भएको भन्दै गण्डकीमा एमालेद्वारा संसद् बैठक अवरुद्ध

    बजेटको गोपनीयता भंग भएको भन्दै गण्डकीमा एमालेद्वारा संसद् बैठक अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 660
    SHARES

    पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले बजेटको गोपनीयता भंग गरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

    सोमबार प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश हुनु अगाडि नै एमालेका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।



    बजेट वक्तव्यभन्दा स्थानीय तहमा जाने बजेट कम भएको र यो गम्भीर लापरबाही रहेको एमालेको ठहर छ ।



    बजेटको गोपनीयता भंग गरेको विषय गम्भीर अपराध भएकाले अर्थमन्त्रीले गल्ती सच्याउने प्रतिबद्धता जनाएर छानबिन गर्नुपर्ने एमालेको माग छ ।

    एमालेको चर्को विरोधपछि सभामुख कृष्णप्रसाद धितालले बैठक ३० मिनेटका लागि स्थगित गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार