Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रास्वपाको चियापानमा बाबुराम भट्टराईको दाबी – ०८४ को चुनावपछि नयाँ दलको नेतृत्वमा सरकार बन्छ

    रास्वपाको चियापानमा बाबुराम भट्टराईको दाबी – ०८४ को चुनावपछि नयाँ दलको नेतृत्वमा सरकार बन्छ

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 816
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी २०८४ सालको निर्वाचनपछि नयाँ राजनीतिक दलको नेतृत्वमा सरकार बन्ने ठोकुवा गरेका छन् ।

    बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बार्षिकोत्सवको अवसरमा आयोजित चियापान समारोहमा पुगेका अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।



    पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नयाँ एजेण्डा नयाँ विचार सहितका शक्ति÷पार्टी चाहिन्छ भनेर आफूले पहल गरेको बताए ।



    भट्टराई भने, ‘आउँदो ८४ सालको चुनावमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ । को हुन्छ म भन्दिनँ, तर नयाँ दलको नेतृत्वमा सरकार बन्छ । बहुदलीय व्यवस्थामा विचार फरक हुन सक्छन् । अहिले नेपाली जनताले नयाँ चाहेका हुन् । नयाँ भनेको अग्रगमन हो । पछाडि फर्किन होइन । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासनतर्फ लान सकोस् ।’

    भट्टराईले लोकतन्त्रमा विचार फरक र प्रतिष्पर्धा हुन सक्ने भए पनि नेपालीले चाहेको नयाँपन नै भएको उल्लेख गरे । भट्टराईले एमाले, कांग्रेस, माओवादी केन्द्रबाहेकका नयाँ राजनीतक दलको नेतृत्वमा सरकार बन्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार