Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नाफा कमाउने क्रम बढ्दा सेयर बजार अलमलमा

    नाफा कमाउने क्रम बढ्दा सेयर बजार अलमलमा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 579
    SHARES

    काठमाडौं । यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो। नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण बजार अलमलमा देखिएको हो ।

    साताको पहिलो र दोस्रो दिन बढेको सेयर बजार बिहीबारबाहेक अन्य दिनमा पुनः गिरावट भएको थियो। विहीवार भने बजार केही अंकले बढेको छ ।



    जेठ ३२ गते (बिहीबार) २०४२.०७ अंकमा पुगेको नेप्से परिसूचक यो साताको पहिलो दिन आइतबार २०९४.४० बिन्दुमा पुग्यो । यो सातामा सर्वाधिक उचाइमा नेप्से आइतबार नै पुगेको हो, जुन झण्डै २१ सय हाराहारी हो।



    यो वृद्धिले निरन्तरता भने पाउन सकेन आगामी आर्थिक वर्षको बजेटले सेयर बजारलाई सकारात्मक सन्देश दिएको र अर्थमन्त्रीले पनि सेयर बजारका विवादित विषयहरूमा प्रष्टीकरण दिएकाले लगानीकर्ताको मनोबल बलियो बनेको विश्लेषण भएको थियो ।

    लगानीकर्ताले मनोबल बढेको भन्दै गर्दा सोमवारदेखि पुनः नेप्से परिसूचक घट्न थाल्यो । सोमबार २०९१.४० विन्दुमा पुगेको नेप्से परिसूचक मंगलवार २०६४.८३ र बुधवार २०५०.७९ मा भन्यो ।

    साताको अन्तिम कारोवार दिन बिहीबार भने परिसूचक २०५५.५३ विन्दुमा पुगेको छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार