Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कैलालीमा बस र ट्रक एकापसमा ठोकिँदा १९ जना घाइते

    कैलालीमा बस र ट्रक एकापसमा ठोकिँदा १९ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 837
    SHARES

    कैलाली । कैलालीको पहलमानपुरमा सवारी दुर्घटना हुँदा बस र ट्रकमा सवार १६ सहित १९ जना जना घाइते भएका छन् ।

    आज दिउँसो २ बजेर २० मिनेटमा जिल्लाको घोडाघोडी नगरपालिका–१० घुम्तिभाकल स्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।



    पुर्वबाट पश्चिमतर्फ जादै गरेको (मदिराको लोड गाडी) सुदूरपश्चिम प्रदेश ०१–००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पुर्व तर्फ आउदै गरेको म १ ख ९०९ नम्बरको बस एक–आपसमा ठोक्किदा बस र ट्रकमा सवार यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।



    घाइतेहरुको उद्धार र उपचारका लागि प्रहरी चौकी पहलमानपुरबाट पाँच जना र ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक बिरेन्द्रबिर बिश्वकर्माको कमाण्डमा १० जना प्रहरी टोली खटिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार