Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु

    टिप्परको ठक्करबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 615
    SHARES

    फाइल तस्विर

    हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

    भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बागमती प्रदेश०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिप्परले ठक्कर दिँदा सो स्कुटरमा पछाडी सवार हेटौँडा–१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडीको निधन भएको हो ।



    ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार