Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसदमा पर्यटनमन्त्री किरातीको प्रश्न – निगमलाई ४८ अर्ब ऋणमा पार्ने धमिरा को हो ?

    संसदमा पर्यटनमन्त्री किरातीको प्रश्न – निगमलाई ४८ अर्ब ऋणमा पार्ने धमिरा को हो ?

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 870
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिदमा आफ्नो निजी स्वार्थ नभएको बताएका छन् ।

    प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।



    पर्यटनमन्त्री किरातीले भने, ‘नेपाल वायुसेवा निगमले तीनवटा जहाज खरिदको तयारी गरेको छ । जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो । कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमको विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो । आवश्यकता परे सरकारले सहजिकरण मात्रै गर्छ । निगमको ४८ अर्ब ऋण पार्ने धमिरा को हो ? देशले खोज्नु प¥यो ? यो त अख्तियारले खोज्नुपर्‍यो । कतिपय मुद्दाहरू अख्तियारमा छ । मलाई लाग्छ, अख्तियारले उपयुक्त समयमा ‘दूधको दूध, पानीको पानी’ देखाएर छड्ला, छुट्टाएर छाड्ला । ’



    पर्यटनमन्त्री किरातीले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋणमा पार्ने को हो ? भन्दै प्रश्न गरे । उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोज्नुपर्ने बताए ।

    उनले धमिजा र लाउडा काण्डजस्ता ठूलै काण्ड गरेर निगमलाई ४८ अर्ब घाटामा लगेको समेत दाबी गरे । उनले पारदर्शी ढंगबाट जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार