Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पर्यटनमन्त्री किरातीको प्रश्न – नेपाल वायुसेवा निगम कसरी नाफामा गयो ?

    पर्यटनमन्त्री किरातीको प्रश्न – नेपाल वायुसेवा निगम कसरी नाफामा गयो ?

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 885
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको ऋण ४ महिनामा कुनै चटके र सर्कसवाला आए पनि तिर्न नसक्ने बताएका छन् ।

    प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।



    मन्त्री किराँतीले भने, ‘यहाँ लाग्छ न्याय मर्दैन । ४८ अर्ब ऋण रहेछ । कसरी नाफामा गयो ? यो कुरा ढोंगी भएन ? मैले भने त म जन्मनुभन्दा अगाडि बढेको निगम हो । धमिजा र लाउडा कत्रो कत्रो काण्डहरु आए यहाँहरु सबैलाई थाहा छ ।’



    पर्यटनमन्त्री किरातीले निगमलाई ४८ अर्ब ऋण लगाउने धमिराबारे सबैलाई थाहा भएको बताए। उनले अख्तियारले सो ऋणबारे सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । निगमको अहिलेको अप्रेसन अवस्थामा नाफामा रहेको पर्यटनमन्त्री किरातीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार