Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पर्यटनमन्त्री किरातीले सोधे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई स्पष्टीकरण

    पर्यटनमन्त्री किरातीले सोधे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई स्पष्टीकरण

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 822
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।

    चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको भन्दै पर्यटनमन्त्री किरातीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका हुन् ।



    सोमबारको मन्त्रीस्तरीय निर्णय अनुसार ७ दिनभित्र जवाफ पेस गर्ने गरी महानिर्देशक अधिकारीलाई प्रस्टीकरण सोधिएको छ ।



    महानिर्देशक अधिकारीमाथि चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको आरोप छ ।

    अधिकारी महानिर्देशक भए पनि नेपाली दर्ताका दुई वटा विमान र ३ वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने ?’ भनेर पनि प्रश्न सोधेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार