Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सरकार ढल्ने हल्लासँगै जहाज किन्ने तयारी, ठूलो कमिसनको खेल !

    सरकार ढल्ने हल्लासँगै जहाज किन्ने तयारी, ठूलो कमिसनको खेल !

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । वर्तमान सरकार ढल्ले हल्लासँगै नेपाल वायुसेवा निगमले हतार हतारमा दुईवटा ट्विनअटर जहाज किन्ने भएको छ । मन्त्रिपरिषद्को ठाडो निर्णयबाट क्यानडाको होमिल्याण्ड कम्पनीसँग निगमले जहाज खरिद गर्न लागेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आन्तरिक ड्यानका लागि जहाज किन्ने तयारी गरेका छन् ।



    स्रोतका अनुसार क्यानेडियन क्षत्रिय निर्देशक योगेश गर्ग दुई साता अघि नेपाल आएको समयमा गर्ग र अधिकारीबीच जहाजको मूल्यका विषयमा ‘गोप्य’ सहमति भएको छ ।



    निगमले सोझै निर्माता कम्पनीसँग जहाज खरिद गर्न नमिल्ने नेपालको खरिद ऐनमा उल्लेख छ । तर पनि अध्यक्ष अधिकारीले मन्त्रिपरिषद्बाट जहाज खरिद गर्ने निर्णय गराउँदै छन् । कार्यकारी अध्यक्ष अधिकारीले प्रधामन्त्री कार्यालयसँग सेटिङ मिलाएर जहाज खरिद गर्न लागेको निगम स्रोतले बतायो ।

    सम्भवतः दुई वटा ट्विनअटर जहाज किन्ने प्रस्ताव अध्यक्ष अधिकारीले बिहीबार बस्ने संचालक समितिको बैठकमा लैजाने भएका छन् । यसरी नेपालको खरिद ऐन विपरित निगमले जहाज खरिद गर्ने तयारी गर्नुमा ठूलो चलखेल भएको आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार