Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हेवा खोलामा राखिएको ह्युम पाइप बगेपछि पुनः यातायात ठप्प

    हेवा खोलामा राखिएको ह्युम पाइप बगेपछि पुनः यातायात ठप्प

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 741
    SHARES

    पाँचथर । पानीको सतहले डाइभर्सन पार गरेपछि पाँचथरको फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा पुनः यातायात अवरुद्ध भएको छ ।

    असार ३ गते आएको बाढीले हेवाखोलाको पुल बगाएपछि ठप्प भएको हेवापारिको पाँचथर र ताप्लेजुङ जिल्लालाई सडक सञ्जालले जोड्न सडक डिभिजन कार्यालयले तीनदिन लगाएर गरेर खोलामा डाइभर्सन बनाएको थियो ।



    हृयुम पाइपमार्फत पानी तर्काएर बनाइएको डाइभर्सन सफल भएसँगै मंगलबार अपरान्हदेखि सुरु भएको मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड २४ घण्टा नबित्दै पुनः अवरुद्व भएको हो ।



    हेवा खोलाको उद्गम विन्दु फालेलुङसँगै विभिन्न स्थानमा राति पानी परेपछि खोलामा सतह बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार