Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लाखौँ रुपैयाँमा किनबेच हुन लागेको ५४ किलोको क्वार्ज क्रिष्टल ढुंगा बरामद

    लाखौँ रुपैयाँमा किनबेच हुन लागेको ५४ किलोको क्वार्ज क्रिष्टल ढुंगा बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 4.2K
    SHARES

    गोरखा । गोरखा नगरपालिका–७ सतिपिपलबाट ५४ किलोको टल्कने ढुङ्गा प्रहरीले बरामद गरेको छ ।

    गरगहना बनाउन प्रयोग हुने महँगो धातु अवैध रुपमा किनबेच हुन लागेको सूचना पाएपछि प्रहरीले सतिपिपलस्थित एक घरबाट ५४ किलोको क्वार्ज क्रिष्टल बरामद गरेको हो ।



    बिहीबार बिहान प्रहरी निरीक्षक रवीन्द्र अधिकारी नेतृत्वको टोली सो घरमा पुगेर उक्त ढुंगा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त ढुंगा क्वार्ज क्रिष्टल भन्ने खुल्न आएको र थप परीक्षणको तयारी भइरहेको गोरखा प्रहरीको भनाई छ ।



    परीक्षणका लागि सबैभन्दा पहिले पुरातत्व विभाग पठाइनेछ । परीक्षणको नतिजा अनुसार थप अनुसन्धान अघि बढाउने गोरखा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार