Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पहिरोका कारण मालढुङ्गा-बेनी सडक अवरुद्ध

    पहिरोका कारण मालढुङ्गा-बेनी सडक अवरुद्ध

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 594
    SHARES

    पर्वत । निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।

    पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिवाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।



    सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका लागि अन्य जिल्लाबाट आएका सवारीसाधन र यात्रु लस्तीमा थन्किएका छन् । म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन् ।



    निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । वर्षा रोकिएपछि सम्बन्धित निर्माण व्यावसायीहरुले सडक खुलाउने तयारी गरिरहेको प्रहरी जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार