Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पोखरामा ६ प्रदेशका मुख्यमन्त्रीको भेला सुरु, कोशीका मुख्यमन्त्री सहभागी नहुने

    पोखरामा ६ प्रदेशका मुख्यमन्त्रीको भेला सुरु, कोशीका मुख्यमन्त्री सहभागी नहुने

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 693
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा अन्तरप्रदेश बैठकमा सहभागी हुन ६ वटै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला भएका छन् ।

    बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन गर्न कार्यक्रमस्थलमा उपस्थित भइसकेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भने विश्वासको मत लिने प्रक्रियामा रहेकाले बैठकमा सहभागी भएका छैनन् ।



    शुक्रबार र शनिबार हुन लागेको मुख्यमन्त्रीहरूको भेलामा प्रदेशका अधिकार, एकीकृत विकासका बारेमा छलफल हुनेछ त्यस्तै, भेलामा अन्तरप्रदेशको सिकाई आदान प्रदान हुने र संघीयता कार्यान्वयनमा साझा धारणा सार्वजनिक गरिने बताइएको छ ।



    यो भेला यसअघि गत जेठ १० गते गर्ने गर्न लागिएको थियो। तर प्रधानमन्त्री प्रचण्डले व्यस्त भएको बताएपछि रोकिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार