Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्तीको बाढीमा फसेका ६ जनाको उद्धार

    राप्तीको बाढीमा फसेका ६ जनाको उद्धार

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 684
    SHARES

    फाइल तस्विर

    नेपालगन्ज । राप्ती नदीमा आएको बाढीका कारण जंगलको बीचमा फसेका चार जनालाई स्थानीय प्रशासनले शनिबार उद्धार गरेको छ ।

    जंगलमा बाख्रा चराउन गएका छमध्ये चारजनाको उद्धार भएको र थप दुईजनाको उद्धार गर्न लागिएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।



    नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरिएको थियो ।



    उनीहरू सबैजना बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का बासिन्दा हुन् । घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायलगायत व्यक्ति छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार