Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • बन्यो चौरपाटी गाउँपालिकाको आफ्नै प्रशासनिक भवन, परराष्ट्रमन्त्री साउदले गरे उद्घाटन

    बन्यो चौरपाटी गाउँपालिकाको आफ्नै प्रशासनिक भवन, परराष्ट्रमन्त्री साउदले गरे उद्घाटन

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 1.4K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । आइतबार संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गरेका हुन् ।

    स्थानीय तहको संरचना कायम भएको ६ वर्षपछि गाउँपालिकाका स्थानीयले अब नवनिर्मित प्रशासनिक भवनबाट सेवा लिन पाउने छन् ।



    नयाँ भवनबाट कामकाज सुरु गरेपछि विषयगत कार्यालय व्यवस्थापन, जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणलाई समेत सहज महसुस हुने विश्वास गरिएको छ ।  गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले पालिकाको नवनिर्मित भवन निर्माण गर्न सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए ।



    उनले पालिकाको बिकास गर्नु आफ्नो मुख्य दायित्व भएकाले समग्र पालिकाको बिकासका लागि आफु प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाए । गाउँपालिकामा शिक्षाको गुणस्तरपछि परेकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ ।

    यसअघि गाउँपालिकाले भाडाको भवनबाट सेवा दिँदै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार