Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गुरूलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राखौँ : बालेन शाह

    गुरूलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राखौँ : बालेन शाह

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 927
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गुरूलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राख्न आग्रह गरेका छन् ।

    सोमबार बिहान सामाजिक सञ्जालमार्फत गुरू पुर्णिमाको सबैलाई शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन् । उनले आधुनिक नियमले जसरी व्याख्या गरे पनि हाम्रो सभ्यता, सामाजिक चेत र विकासक्रमले गुरूलाई श्रम गर्ने मात्रको कोटीमा नराख्ने बताए ।



    नियमहरु आफ्नै सभ्यता, समाज र विकासक्रमको आधारमा राख्ने उनले बताए । राख्थ्यो भने सदियौँदेखि भनिदैन थियो-



    गुरु ब्रह्मा गुरु विष्णु
    गुरु देवो महेश्वरः
    गुरु साक्षात परब्रह्म
    तस्मै श्री गुरुवे नमः

    उनले भने ‘मन्त्रमा मात्र होइन, वास्तविकतामा नै सबै गुरूहरु सम्मानित बनून् । उनीहरुको विशिष्ट स्थान बनोस् । सबै गुरूहरुप्रति असिम नमन् छ ।’

    यस्तै उनले सबै गुरूहरुलाई आज गुरू पुर्णिमाको दिन सम्झिदै गर्दा उनीहरुको तलव सुविधालाई श्रम ऐनले कि शिक्षा ऐनले सम्बोधन गर्दा सम्मानित हुन्छ भन्ने पनि सोचिदिन आग्रह गरे । ‘गुरूलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राखौँ,’ उनले लेखेका छन्, ‘गुरू पुर्णिमाको सबैलाई शुभकामना छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार