Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यी जिल्लाका नदीमा आज बाढीको उच्च सम्भावना, सतर्क रहन अनुरोध

    यी जिल्लाका नदीमा आज बाढीको उच्च सम्भावना, सतर्क रहन अनुरोध

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज पूर्वी नेपालका तीन जिल्लाका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

    बाढी पूर्वानुमान महाशाखा आज ईलाम, झापा र पाचथर आसपास भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी क्षेत्र भई बहने नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



    साथै मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, स्याङजा, पाल्पा, गुल्मी, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान छ ।



    यी क्षेत्रका नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार