Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बजेट सच्याउने सरकारको प्रतिवद्धतासँगै बागमती प्रदेशसभामा एमालेले अवरोध नगर्ने

    बजेट सच्याउने सरकारको प्रतिवद्धतासँगै बागमती प्रदेशसभामा एमालेले अवरोध नगर्ने

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 573
    SHARES

    काठमाडौं । सरकारले बजेटलाई संशोधन गर्ने प्रतिवद्धता जनाएपछि बागमती प्रदेशसभामा प्रतिपक्षी दलहरुको अवरोध हटेको छ ।

    विनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने भएपछि सोमबार भएको सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दलहरुलाई सम्बोधन गर्न तयार भएको हो ।



    आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले १ असारमा पेश गरेको आर्थिक वर्ष २०८०-८१ को बजेट असन्तुलित र विभेदकारी भएको भन्दै नेकपा एमाले र राप्रपाले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए ।



    बैठकमा एमालेबाट प्रमुख सचेतक मधुसूदन पौडेल, अर्थमन्त्री बहादुर सिंह लामा, माओवादीका मुख्य सचेतक रत्न ढकाल तथा राप्रपा दलको नेता उद्धव थापा सहभागी थिए ।

    बैठकमा एमालेले आफ्नो बजेटबारे योजना लिखित रूपमा सरकारलाई प्रस्तुत गर्ने र सरकारले त्यसलाई बजेटमा समावेश गर्ने सहमति भएको जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार