Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हामी हिमाली र उत्पीडित सांसदहरु तेस्रो दर्जाका रहेछौं : राष्ट्रियसभा सदस्य शेर्पा

    हामी हिमाली र उत्पीडित सांसदहरु तेस्रो दर्जाका रहेछौं : राष्ट्रियसभा सदस्य शेर्पा

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 669
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाले आफूजस्तो हिमाली क्षेत्रका सांसद तेस्रो दर्जाको भएको बताएका छन् ।

    सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै शेर्पाले पहुँचवाला मन्त्री र सांसदले मात्रै आफ्नो क्षेत्रमा बजेट लैजाने गरेको बताए ।



    बजेट निर्माणका क्रममा सांसदहरुको तीनवटा स्तर देखिएको उल्लेख गर्दै मन्त्री बन्ने, आफ्नो क्षेत्रमा धेरै बजेट पार्नेहरु पहिलो दर्जाका, थर्काएर भए पनि आफ्नो क्षेत्रमा बजेट पार्ने दोस्रो दर्जाका र आफूजस्तो सांसद तेस्रो दर्जाको भएको टिप्पणी गरे ।



    आफूहरु बजेट माग गर्न जाँदा अर्थतन्त्रमा समस्या भएको र राष्ट्रिय गौरवका योजना बनाउने भनिए पनि मन्त्रालयका विनियोजन हेर्दा नेताको क्षेत्रमा मात्र देखिएको गुनासो गरे ।

    बजेटको बाँडफाँट हेर्दा नेपालमा संघीयताको आवश्यकता महसुस भएको भन्दै उनले संघीयता पनि नभएको भए गाउँमा बजेट नै नपुग्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार