Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रिय सभा अध्यक्ष पदका लागि सोमबार उम्मेदवारी दर्ता

    राष्ट्रिय सभा अध्यक्ष पदका लागि सोमबार उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 531
    SHARES

    काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदका लागि यही फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता हुने भएको छ ।

    मतदान फागुन २९ गते मङ्गलबार हुने छ ।



    दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गर्दा फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले जानकारी दिइन् ।



    उनको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो ।

    समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार