Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रिय सभा निर्वाचनका लागि दुई फरक मतपत्र हुने

    राष्ट्रिय सभा निर्वाचनका लागि दुई फरक मतपत्र हुने

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 471
    SHARES

    काठमाडौँ । माघ ११ हुने राष्ट्रिय सभाका लागि दुईवटा फरक मतपत्रको व्यवस्था गरिएको छ ।

    निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेश सभाका सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरूको व्यवस्था गरिएको हो ।



    निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को व्यवस्था बमोजिम मतपत्रमा मत सङ्केत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न वा मत सङ्केत गरेको ब्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न पाउने छैनन् ।



    यस विषयलाई मध्यनजर गरी सम्बन्धित मतदान केन्द्रहरूमा निर्वाचन आयोगले तोकेको कुनै एक परिचयपत्र साथ उपस्थित भई आफ्नो विवेकको गोप्य मताधिकारको प्रयोग गर्न र यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन आयोगले अनुरोध पनि गरेको छ ।

    यस निर्वाचनमा निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रूपमा उक्त दिन बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार