Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • गण्डकी प्रदेशसभामा विधायन समिति खारेज

    गण्डकी प्रदेशसभामा विधायन समिति खारेज

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 618
    SHARES

    पोखरा । गण्डकी प्रदेश सभामा विधायन समिति खारेज भएको छ । प्रदेश सभामा विधायन समिति खारेज गर्नेगरी  नियमावली मस्यौदा समिति पेश भएको छ ।

    जसमा प्रदेश सभामा पेस विधेयकमाथि सबै सदस्यले छलफल गर्ने र सुझाव पेस गर्ने विधायन समिति हटेको हो ।नियमावली मस्यौदा समितिका सभापति बिन्दुकुमार थापाका अनुसार प्रदेश सभामा रहेका ४ समितिको संख्या कायम राख्दै समितिको नाम र जिम्मेवारी हेरफेर गरिएको हो ।



    अहिले अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास तथा कृषि समिति नामकरण गरिएको छ ।



    गण्डकी प्रदेश सभा नियमावली २०८० को मस्यौदा सोमबार प्रदेश सभामा पेस भएर मङ्गलवार सामान्य छलफल समेत भएको थियो ।

    नियमावलीमा मुख्यमन्त्रीसँग प्रत्येक महिनामा एक पटक सांसदहरूले प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार