Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • रोविनको निधनबारे प्रहरीले भन्यो – हृदयाघातका कारण आकस्मिक निधन भएको हुनसक्छ

    रोविनको निधनबारे प्रहरीले भन्यो – हृदयाघातका कारण आकस्मिक निधन भएको हुनसक्छ

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधनबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको मृत्युबारे प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको हो ।



    शवको प्रकृति र अवस्था हेर्दा आत्महत्याजस्तो नदेखिएको प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए ।



    घटनास्थलमा गरेको अनुसन्धानले उनको मृत्यु हृदयाघातका कारण भएको प्रारम्भिक निष्कर्षमा देखिए पनि पोष्टमार्टम रिर्पोट नआई यसै भन्न नसकिने इन्स्पेक्टर चन्दले बताए ।

    तामाङकी पत्नीले लगातार श्रीमानलाई फोन गर्दा पनि नउठेपछि प्रहरीमा सूचना आएलगत्तै चन्द नेतृत्वको एक टोली उनको घर पुगेको थियो ।

    रोबिनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे केही बताउन सकिने इन्स्पेक्टर चन्दले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार