Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • अभिनेता सारुक ताम्राकार आफ्नै निवासमा मृत भेटिए

    अभिनेता सारुक ताम्राकार आफ्नै निवासमा मृत भेटिए

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । अभिनेता सारुक ताम्राकार मृत अवस्थामा भेटिएका छन् । उनी बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको अवस्थामा मृत भेटिएका हुन् ।

    फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीका अनुसार उनले घरको छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् । बुबा आमासँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेको बताइएको छ ।



    सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए ।



    सारुको शवलाई पोष्ट मार्टमका लागि राती नै टिचिङ अस्पताल महारानगञ्ज लगिएको बताइएको छ । उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’, ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार