Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अभिनेता सारुकको चिरशान्तिका लागि बौद्ध स्तुपामा दीप प्रज्वलन गरिने

    अभिनेता सारुकको चिरशान्तिका लागि बौद्ध स्तुपामा दीप प्रज्वलन गरिने

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 819
    SHARES

    काठमाडौं । अभिनेता सारुक ताम्राकारको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिने भएको छ ।

    सारुकको निधनको १४औं दिनमा बुधबार बौद्धस्थित बौद्ध स्तुपामा साँझ ६ बजेदेखि ७ बजेसम्म दीप प्रज्वलन गर्न लागिएको हो ।



    उनको सम्झनामा हुन लागेको दीप प्रज्वलनमा सहभागी हुनका लागि अभिनेत्री सृष्टि श्रेष्ठलगायतका कलाकारहरुले एक पोस्टमार्फत् आग्रह गरेका छन् ।



    पछिल्लो समय सारुकको आत्महत्याको विषयमा उचित छानबिनका लागि विभिन्न कलाकारले सामाजिक सञ्जालबाट माग गरिरहेका छन् । सारुक गत असार २१ गते रातोपुलस्थित निजी निवासमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

    उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’, ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका छन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार