Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सारुक आत्महत्या प्रकरणबारे नम्रता श्रेष्ठले भनिन् – मुठ्ठीभर मान्छेहरू मविरुद्ध हात धोएरै लागे

    सारुक आत्महत्या प्रकरणबारे नम्रता श्रेष्ठले भनिन् – मुठ्ठीभर मान्छेहरू मविरुद्ध हात धोएरै लागे

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले सारुक आत्महत्या प्रकरणबारे पहिलो पटक सार्वजनिक प्रष्टीकरण दिएकी छन् ।

    नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यसबारे मुख खोलेकी हुन् । नम्रताले सारुक एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका रुपमा चित्रण गर्दै घटनाले आफूलाई अचम्भित तुल्याएको बताएकी छन् ।



    उनले आफ्नोबारे मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल गरेकी छिन् ।



    यो घटनालाई लिएरु एकतर्फीरूपमा विभिन्न मिडियामार्फत समाचोर लेख्न लगाइएको तथा केही चलचित्रकर्मी र चलचित्रका पदाधिकारी नै पूर्वाग्रही किसिमले आफूविरुद्ध लागेको नम्रताको टिप्पणी छ ।

    नम्रताले आफू महिला भएकै कारणले यति धेरै सामाजिक आक्रमणमा परेको पनि बताएकी छिन् । तर पुरुष प्रधान समाज भएका कारण यसलाई पनि उनले ‘ठिकै छ’ भनेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार