Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पशुपति आर्यघाटमा अभिनेता सारुक ताम्राकारको अन्त्येष्टि

    पशुपति आर्यघाटमा अभिनेता सारुक ताम्राकारको अन्त्येष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अभिनेता सारुक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    शुक्रबार दिउँसो उनको पार्थिव शरीरलाई पिता सानु ताम्राकारले दागबत्ति दिएका छन् । उनका सारुक एउटै सन्तान थिए ।



    सारुक बिहीबार साँझ रातोपुलस्थित निजी निवासमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।



    अन्त्येष्टिभन्दा अघि सारुकको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन नयाँ दर्जनौं कलाकारहरु पुगेका थिए ।

    उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’, ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका छन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार