Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अभिनेता सारुकको चिरशान्तिका लागि सेलिब्रेटीले गरे दीप प्रज्वलन

    अभिनेता सारुकको चिरशान्तिका लागि सेलिब्रेटीले गरे दीप प्रज्वलन

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 624
    SHARES

    काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारको सम्झनामा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ ।

    शान्ति क्षेत्र बौद्धनाथ स्तुपामा सारुकको चिरशान्तिको कामना गर्दै उनका परिवारका सदस्यहरु, कलाकारहरु तथा सर्वसाधारणले मक्खन बत्ती र मैनबैत्ती बालेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।



    दीप प्रज्वलन गर्न अभिनेत्रीहरु मलिना जोशी, बेनिशा हमाल, सुष्मा कार्की, श्रद्धा क्षेत्री, भ्लगर सिसन बानियाँ, गायक नितेशजंग कुँवर, पूर्वबैंकर अनिल केशरी शाहलगायत नेपाली फिल्म क्षेत्रका सयौं कलाकारहरु उपस्थित थिए ।



    सारुक गत असार २१ गते रातोपुलस्थित निजी निवासमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

    उनको आत्महत्याको विषय अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय सारुकको आत्महत्याको विषयमा उचित छानबिनका लागि विभिन्न कलाकारले सामाजिक सञ्जालबाट माग गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार