Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • यी पाँच जिल्लामा आकस्मिक बाढीको सम्भावना

    यी पाँच जिल्लामा आकस्मिक बाढीको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 696
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशका विभिन्न क्षेत्रका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम, झापा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक भएर बहने केही स–सना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको सम्भावना रहेको छ ।



    यस्तै ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, सल्यान, रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भइ बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ ।



    महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार