Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मकवानपुरमा ट्रक दुर्घटना : गम्भीर घाइते तीनको मृत्यु, दुईजना घाइते

    मकवानपुरमा ट्रक दुर्घटना : गम्भीर घाइते तीनको मृत्यु, दुईजना घाइते

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 1.1K
    SHARES

    मकवानपुर । मकवानपुरमा गएराति भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

    दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    चितवनको राप्ति नगरपालिका( ८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, गोरखाको गण्डकी गाउँपालिका-२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र मकवानपुर मनहरी गाउँपालिका-३ का २० वर्षीय अमृत प्रजा रहेको मृत्यु भएको हो ।



    गएराति १ः४५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगतको मनहरी ६ नयाँबस्तिस्थित खण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनापश्चात दुवै ट्रकमा आगलागी भएको थियो।

    मृतक तीनै जनाको शव हेटौंडा अस्पतालस्थित शव गृहमा राखिएको छ । दुर्घटनामा उनीहरु गम्भीर घाइते भएका थिए । सोही दुर्घटनामा परी चितवनको राप्ती-३ का ३५ वर्षीय विवेक तामाङ र मकवानपुरको मनहरी-३ का ३२ वर्षीय अर्जुनकुमार प्रजा घाइते भएका छन् ।

    उनीहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ। ट्रकमा लागेको आगो दमकलको सहयोगमा बिहान निभाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार