Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भैँसी लड्न लागेको बेला काँध थाप्दा च्यापिएर वडा सचिवको मृत्यु

    भैँसी लड्न लागेको बेला काँध थाप्दा च्यापिएर वडा सचिवको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 2.4K
    SHARES

    फाइल तस्विर

    दैलेख । दैलेखमा भैँसीको जिउले च्यापिएर वडासचिवको मृत्यु भएको छ ।

    जिल्लाको नारायण नगरपालिका–१० का ५५ वर्षीय चक्रबहादुर कटुवालको भैँसीको जिउले च्यापिएर ज्यान गएको हो ।



    वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर उनको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।



    गम्भीर घाइते भएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार