Online Nepal
  • शनिबार, १३ असोज २०८०
  • नेपालका कार्यवाहक राजदूत सुवेदी र कतारी अमिरबीच भेटवार्ता

    नेपालका कार्यवाहक राजदूत सुवेदी र कतारी अमिरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 741
    SHARES

    काठमाडौं । कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका अमिर (राजा) सँग भेटवार्ता गरेका छन्।

    इस्लाम समुदायको महान पर्व ‘इद अल अधा’का अवसरमा शुभकामना आदानप्रदान गर्ने क्रममा उनले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग शिष्टाचार भेट गरेका हुन्।



    उक्त अवसरमा आफूले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगततर्फबाट कतारी जनता, अमिरको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेको कार्यवाहक राजदूत सुवेदीले जानकारी दिए।



    इदका अवसरमा अमिर थानीले कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटवार्ता एवं शुभकामना आदानप्रदान गर्दै आएका छन्।

    त्यसैगरी कतारका प्रधानमन्त्री मोहम्मेद बिन अब्दुलरहमन बिन जास्सिम अल थानीले पनि कतारस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग शुभकामना आदानप्रदान गरेका थिए। रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार