Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कुवेतका अमिरको निधनमा नेपालमा सोमबार शोक मनाइने, झन्डा आधा झुकाइने

    कुवेतका अमिरको निधनमा नेपालमा सोमबार शोक मनाइने, झन्डा आधा झुकाइने

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपाल सरकारले सोमबार एकदिने शोक मनाउने भएको छ ।

    आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्‌को निर्णयमा कुवेतका अमिरको सम्मानमा भोलि शोक मनाइने जनाएको हो ।



    मन्त्रालयका अनुसार भोलि नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।



    अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार